Logo

Nov 06 2026 | २०८३, कात्तिक २१गते

images

सुप्रिम सहकारी प्रकरण : रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश 

सुप्रिम सहकारी प्रकरण : रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश 

अर्थ प्लस
सुप्रिम सहकारी प्रकरण : रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश 

आइतवार, माघ १३ २०८१
बुटवल । रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रवि लामिछानेसँग १ करोड धरौटी माग गरेको छ । बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेका लामिछानेलाई आइतबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने बताएका थिए । लामिछाने पक्षका वकिलहरूले भने राज्यले प्रतिशोध साँधेको बताएका थिए ।

सुप्रिम सहकारीको रकम अपचलनमा गत आइतबार २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।

यसअघि स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ र पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने अदालतले आदेश दिएको थियो।

सम्बन्धित समाचार