Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सामसङले घटायो ग्यालेक्सी 'एस २४ अल्ट्रा' र 'जेड सिरिज' को भाउ

सामसङले घटायो ग्यालेक्सी 'एस २४ अल्ट्रा' र 'जेड सिरिज' को भाउ

सामसङले घटायो ग्यालेक्सी 'एस २४ अल्ट्रा' र 'जेड सिरिज' को भाउ

२०८१,माघ १५ गते

सामसङ नेपालले नयाँ ग्यालेक्सी जेड सिरिजका फोल्डेबल वा ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोनको मूल्य घटाएको छ। कम्पनीले सन् २०२५ को भ्यालेन्टाइन सिजनमा ग्राहकसँग माया बाँड्न मूल्य घटाएको बताएको छ।

जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२/२५६ जिबी) गिफ्टको रूपमा खरिद गर्न चाहने ग्राहकहरूले सो खरिदमा २५ हजार रूपैयाँसम्मको बचत गर्न सक्नेछन्। 

साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा पाँच हजार ४९९ रूपैयाँ मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा पाँच ४९९ रूपैयाँ मूल्य रहेको सिलिकन केस पनि ग्राहकहरूले निःशुल्क प्राप्त गर्न सक्ने कमपनीको भनाइ छ।

देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवाबाट ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधिभित्र शून्य प्रतिशत ब्याजदरमा सजिलो इएमआईमा प्राप्त गर्न सकिनेछ।

इएमआईमा यो स्मार्टफोन किन्नका लागि नागरिकता मात्र भए हुने कम्पनीको भनाइ छ।

 

सम्बन्धित समाचार