Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनको भाउ घट्दा चाँदी बढ्यो

सुनको भाउ घट्दा चाँदी बढ्यो

सुनको भाउ घट्दा चाँदी बढ्यो

२०८१,माघ १७ गते

काठमाडौँ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । 

बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ८५ रुपैयाँ किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपैयाँ बढेको हो ।

 

सम्बन्धित समाचार