काठमाडौं, माघ १८ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुनको मूल्य १ लाख ६० हजार ५०० रुपैयाँ रहेको थियो ।
यता, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर १९ सय १५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ८५ रुपैयाँ कायम रहेको थियो ।
