Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
सेयर बजार

हिमालयन एभरेष्ट इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित

हिमालयन एभरेष्ट इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित

अर्थ प्लस
हिमालयन एभरेष्ट इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित

२०८० माघ २५ गते

अर्थ प्लस

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । माघ २५ गते सम्पन्न कम्पनीको ३०औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको उक्त लाभांशलाई पारित गरेको हो ।

यससँगै योग्य सेयरधनीहरुले चुक्ता पुँजीको ६।३७ प्रतिशत बोनस र ८।६३ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले ४४ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरी सेयधनीहरुलाई कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेकोमा खुशी व्यक्त गर्दै सेयरधनीहरुले कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालित उक्त सभामा मर्जर पछिका विभिन्न व्यवधानहरुको सामना गर्दै कम्पनीले प्रगति हासिल र चालु आर्थिक वर्षका सूचांकहरु समेत उत्साहजनक रहेको जानकारी गराइएको थियो ।

सम्बन्धित समाचार