Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज २०८१ माघ २१ गते सोमवारको राशिफल

आज २०८१ माघ २१ गते सोमवारको राशिफल

अर्थ प्लस
आज २०८१ माघ २१ गते सोमवारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आजको दिन राम्रो छ । सोचेको काम कार्यमा सफलता मिल्नेछ । ग्रह गोचरहरुले साथ दिएकाले नयाँ काम आट्दा उत्तम हुने योग रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समय राम्रो छैन । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आकस्मिक धन लाभ हुने योग रहेको छ । नयाँ कार्यहरुबाट सफलता प्राप्त गर्न सकिनेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ ।  

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आटे सोचेको काम बन्नेछ । आकस्मिक धन लाभ हुने योग रहेको छ । अधुरा काम कार्यहरु बन्नेछ । छोरा छोरीको प्रगती सुन्नाले मन हर्सित हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आज भाग्य उदय हुने दिन छ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । रोग व्याधि हटेर जानेछ । खर्चमा मितव्ययीता अपनाउनु उपयुक्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आजको दिन माया प्रेममा सहभागी हुन पाइनेछ । हसोल्लासका साथ दिन वित्ने सम्भावना रहेको छ । पति पत्नि बिचको सम्बन्ध सुमधुर हुने योग रहेको छ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ । लामो दूरीको यात्रा नगर्नुनै उपयुक्त हुनेछ । सचेतता अपनाउनु उपयुक्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अपुरा काम बन्नेछ । धर्म कर्ममा मन जानेछ । सामाजिक कार्यमा सम्लग्न हुन पाउने योग रहेको छ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आज लाभ उदयको दिन रहेको छ । पशु चौपायाहरुबाट मनग्य लाभ लिन सकिनेछ । देश विदेशबाट हुने काममा पनि सफलता हात पार्न सक्ने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पराक्रमको गति बढेर जानेछ । लामो दूरीको यात्रा गर्नु पूर्व साइत हेराएर मात्र निर्णय गर्नुु उपयुक्त हुनेछ । आजको दिन त्यति राम्रो देखिदैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आजको दिन केही वाधा व्यवधानहरु आइपर्नेछ । तनाव र झमेलाहरु आकस्मिक रुपमा आइपर्ने भएकोले सचेतना अपनाउनु पर्नेछ । आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ । 

तपाईको दिन शुभ रहोस् ।

सम्बन्धित समाचार