Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज मौसम सफा रहने, भोलि चारवटा प्रदेशमा वर्षा हुने

आज मौसम सफा रहने, भोलि चारवटा प्रदेशमा वर्षा हुने

अर्थ प्लस
आज मौसम सफा रहने, भोलि चारवटा प्रदेशमा वर्षा हुने

काठमाडौं, माघ २१ । देशका अधिकांश स्थानमा आज मौसम सामान्यतया सफा रहनेछ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहँदा मौसम सफा रहने भएको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी तथा हिमाली भू–भागको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु÷कुहिरो लागेको छ ।

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने आंशिक बदली हुनेछ । हिमपात र वर्षाको सम्भावना भने नरहेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । 

उनका अनुसार काठमााडौं उपत्यकामा बिहान केही हुस्सु लागे पनि दिउँसो खुल्नेछ । काठमाडौंमा बिहान ६ : १० को न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ । 

यसैबीच, पश्चिमी न्यून चापीय प्रणाली भित्रिएर भोलि (मंगलबार) भने पश्चिम नेपालका केही स्थानमा वर्षा गराउनेछ । 

“नयाँ प्रणाली आउँदा भोलि देशभर आंशिक बदली हुनेछ । तर, देशभर वर्षा हुने होइन,” मौसमविद् अधिकारी बाह्रखरीसँग भन्छन् । 

पश्चिमी न्यून चापीय प्रणालीका कारण गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ । “लुम्बिनीमा वर्षाको सम्भावना छ । कर्णाली र सदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना छ,” मौसमविद् अधिकारीले भने, “वर्षा हुने प्रदेशमा पनि सबै भूभागमा वर्षा हुने होइन, केही क्षेत्रमा मात्र हुन्छ ।” 

बुधबारसम्म भने यो प्रणाली कमजोर भइसक्ने र वर्षाको सम्भावना नरहेको उनले जानकारी दिए । मौसमविद् अधिकारीका अनुसार बुधबार देशका धेरै स्थानमा मौसम सफा हुनेछ । 

सम्बन्धित समाचार