Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

काठमाडौंका यी क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौंका यी क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने

अर्थ प्लस
काठमाडौंका यी क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौं, माघ २१ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति उक्त समयमा तोकिएका स्थानमा बिजुली आपूर्ति बन्द गरिने नेपाल विद्युत् प्राधिकरणले जानकारी गराएको छ ।

प्राधिकरणले सोमबार (माघ २१) सूचना जारी गरेर अबका आठ दिनसम्म विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ । सबै क्षेत्रमा आठै दिन विद्युत् अवरुद्ध हुन लागेको होइन । हरेक दिन फरक क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जानकारी गराएको छ ।

प्राधिकरणका अनुसार, ती क्षेत्रमा बिहान ११ देखि अपराह्न ४ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ । “नेपाल विद्युत् प्राधिकरण, कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि तपसिल बमोजिमका मितिहरूमा निम्न उल्लिखित फिडरहरूअन्तर्गत विभिन्न स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ४ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने व्यहोरा सर्वसाधारणको जानकारीका लागि अनुरोध गरिन्छ,” प्राधिकरणको सूचनामा उल्लेख छ ।

माघ २१ गते भत्केको पुल (चाबहिल) वरिपरिका क्षेत्र, माघ २२ गते कलंकी मालपोत वरिपरिका क्षेत्र, माघ २३ गते बालकुमारी, इमाडोल र लुभु वरिपरिका क्षेत्र, माघ २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, माघ २५ गते बल्खु चोकदेखि चोभार गेटसम्मका क्षेत्र, माघ २७ गते जोरपाटी वितरण केन्द्रअन्तर्गत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्र, माघ २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मका क्षेत्र र माघ २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । 

“साथै, मौसम प्रतिकूल रहेमा सटडाउन नहुने व्यहोरा सूचना गरिन्छ,” प्राधिकरणले भनेको छ ।

adfssg-1738554627.jpg
 

 

 

सम्बन्धित समाचार