Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा दर्ता हुन सरकारको आग्रह

सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा दर्ता हुन सरकारको आग्रह

सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा दर्ता हुन सरकारको आग्रह

२०८१,माघ २२ गते

काठमाडौं। सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा दर्ता हुनका लागि आग्रह गरेको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार दोस्रोपटक सूचना जारी गर्दै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा दर्ता हुनका लागि आग्रह गरेको हो।

मन्त्रालयले जारी गरेको सूचनामा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्न र सम्पर्क व्यक्ति तोक्न पर्ने बताएको छ ।

सरकारले यसअघि पनि फेसबूक, एक्स, टिकटक, लिंक्डइनलगायतका सामाजिक सञ्जाललाई ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ को प्रावधानहरू अनुरुप सूचीकृत हुन आग्रह गरिसकेको थियो।

मन्त्रालयको सूचनामा सामाजिक सञ्जालको दर्ता, नियमन र निगरानीसम्बन्धी प्रावधानहरू समावेश छन्। यस्तो कार्यले अनलाइन प्लेटफर्महरूको जिम्मेवारी बढाउने र डिजिटल स्पेसलाई सुरक्षित तथा मर्यादित बनाउन मद्दत गर्ने मन्त्रालयको सुचनामा भनिएको छ । 

सम्बन्धित समाचार