Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सन नेपाल लाइफद्वारा संस्थागत सामाजिनक उत्तरदायित्व अन्तर्गत समता फाउण्डेसन लाई सहयोग, शिक्षा क्षेत्रमा जिम्मेवार कदम

सन नेपाल लाइफद्वारा संस्थागत सामाजिनक उत्तरदायित्व अन्तर्गत समता फाउण्डेसन लाई सहयोग, शिक्षा क्षेत्रमा जिम्मेवार कदम

अर्थ प्लस
सन नेपाल लाइफद्वारा संस्थागत सामाजिनक उत्तरदायित्व अन्तर्गत समता फाउण्डेसन लाई सहयोग, शिक्षा क्षेत्रमा जिम्मेवार कदम

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेसन लाई रु पांच लाख मात्र आर्थिक सहायता प्रदान गरेको छ। उक्त सहयोग फउण्डेसनमा अध्यनरत बिधार्थीहरुको शिक्षातर्फ खर्च हुनेछ । एक कार्यक्रमका बिच कम्पनिका प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्याल ज्यु ले उक्त रकम फाउण्डेसनका प्रतिनिधि श्री दिपक बस्नेतलाई हस्तानतरण गर्नु भएको थियो । सबैका लागी शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउण्डेसन लाई दिएको यस योगदानले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनिले गरेकोछ ।

कम्पनिले १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दे आईरहेको छ । शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित समाचार