Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

पश्चिमी वायुको प्रभाव : कोशी र गण्डकी प्रदेशमा बदली र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव : कोशी र गण्डकी प्रदेशमा बदली र हिमपातको सम्भावना

अर्थ प्लस
पश्चिमी वायुको प्रभाव : कोशी र गण्डकी प्रदेशमा बदली र हिमपातको सम्भावना

काठमाडौँ , माघ २४ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा  मौसम मुख्यतया सफा रहेको छ। तराईका भूभागहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ। आज कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 

कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शुक्रबार देशभर मौसम मुख्यतया सफा रहनेछ।

शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा बिहानीपख तराईका भूभागहरूमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको देखिन्छ ।

यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार