Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सोलुखुम्बुमा निर्माणाधीन तल्लो सोलु हाइड्रोपावर निर्माणको काम अन्तिम चरणमा

सोलुखुम्बुमा निर्माणाधीन तल्लो सोलु हाइड्रोपावर निर्माणको काम अन्तिम चरणमा

सोलुखुम्बुमा निर्माणाधीन तल्लो सोलु हाइड्रोपावर निर्माणको काम अन्तिम चरणमा

२०८१,माघ २४ गते
काठमाण्डौ। सोलुखुम्बुको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ । तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडवर्क्स, पावर हाउस, सुरुङमार्गलगायत संरचना निर्माण भएका छन् ।

कम्पनीका प्रबन्धक धर्मेन्द्र गोतामेका अनुसार आयोजनाको पेनस्टक टनेलको बेक थ्रुु अर्थात् छिचोल्नका लागि काम अन्तिम चरणमा पुगेको छ । उनले आउँदो भदौमा व्यावसायिक उत्पादन गर्ने लक्ष्य रहेको बताए ।

आयोजनाको प्रसारण लाइन निर्माण कार्य पनि ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । एफएमओलगायतका युरोपियन बैंक (इन्टरनेशनल फन्डिङ एजेन्सी) को  १६ अर्ब रुपैयाँ ऋण लगानीमा सन् २०१६ को अगस्टदेखि आयोजनाको निर्माण कार्य थालिएको थियो । आयोजना सेप्टेम्बर २०२५ भित्रमा पूरा गर्ने लक्ष्य छ ।

सम्बन्धित समाचार