Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

विश्वकै ठूलो डिजाइन हाउसबाट बनेको एलएस अटोको इभी नेपालमा

विश्वकै ठूलो डिजाइन हाउसबाट बनेको एलएस अटोको इभी नेपालमा

विश्वकै ठूलो डिजाइन हाउसबाट बनेको एलएस अटोको इभी नेपालमा

२०८१,माघ २४ गते

काठमाडौं। विश्वकै अग्रणी अटोमोटिभ डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटोले नयाँ ऊर्जा स्रोतमा आधारित अत्याधुनिक इभी सार्वजनिक गरेको छ। विगत २५ वर्षदेखि अटोमोबाइल डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा ट्रायल उत्पादन गर्दै आएको यस कम्पनीले अब आफ्नै ब्रान्डको विद्युतीय गाडी बजारमा ल्याएको छ।

संघाइ लन्च अटोमोटिभ चिनमा अटोमोबाइल मात्र होइन, हाइस्पीड रेलवे र हेलिकप्टर डिजाइनमा समेत संलग्न छ। जियाङसी प्रान्तमा वार्षिक १ लाख ५० हजार गाडी उत्पादन गर्ने क्षमताको आफ्नै कारखाना सञ्चालनमा रहेको कम्पनीले युरोपियन बजार लक्ष्य गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट निर्माण गर्दैछ। हालसम्म एलएस अटोले नेपाल, मोरिसस, टर्की, इजिप्ट, नाइजेरिया, कजाकिस्तानसहित ११ देशमा आफ्नो उपस्थिति जनाइसकेको छ।

एलएस अटोले पहिलो मोडलको रूपमा ‘एलईभी ०१’ क्रसओभर इलेक्ट्रीक एसयूभी सार्वजनिक गरेको छ। कम्पनीले सन् २०२५ भित्र थप दुई मोडल ‘एलईभी ०३’ र ‘एलईभी ०५’ ल्याउने तयारी गरिरहेको छ। यी कारहरू बायाँ ह्यान्ड ड्राइभ ९एलएचएस० र दायाँ ह्यान्ड ड्राइभ ९आरएचएस० दुबै भर्सनमा उपलब्ध हुने भएकाले नेपालमा छिट्टै भित्रिने अपेक्षा गरिएको छ। एलईभी ०३ प्रिमियम क्रसओभर इलेक्ट्रीक एसयूभी हो भने एलईभी ०५ मिडसाइज कम्प्याक्ट एसयूभी हुनेछ।

एलएस अटोको पहिलो मोडल ‘एलईभी ०१’ नेपाल भित्रिइसकेको छ। नेपालको लागि नेक्सन भेन्चर आधिकारिक वितरकका रूपमा नियुक्त भएपछि एलईभी ०१ नेपाली बजारमा प्रवेश गरेको हो। स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा उपलब्ध एलईभी ०१ मा ६७.१ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । ९९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटरले ३२० न्यूटन मिटरको टर्क उत्पादन गर्छ।

नेपाली सडक अनुरूप डिजाइन गरिएको यो एसयूभीमा २१० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ। प्योर इलेक्ट्रिक प्लेटफर्म ‘एलईभी एक्स’ मा बनेको यस गाडीमा ब्याट्री संरचना साइड बडिभन्दा माथि राखिएको छ, जसले यसलाई थप सुरक्षित बनाउँछ। ग्राउन्ड क्लियरेन्स र ब्याट्री प्याकको बीच २२१ एमएमको दूरी रहेको छ। एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको यसको ब्याट्री प्याक अन्य इभीहरूको तुलनामा अत्यधिक सुरक्षित छ। एनसीएम तथा व्लेड ब्याट्री भन्दा ८५ बढी प्रभावकारी मानिएको यसमा ह्याङ्गिङ डिजाइन प्रयोग नगरिएकाले गाडीको लुक्स थप आकर्षक देखिन्छ।

उच्च प्रविधि र एरोडाइनामिक डिजाइन अपनाइएकाले एलईभी ०१ को ड्र्याग कोएफिसियेन्ट ०.२६८ मात्र रहेको छ, जुन विद्युतीय एसयूभीहरूमध्ये सबैभन्दा कम हो। एकपटकको पूरा चार्जमा यसले ५४० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।

प्रिमियम डिजाइन रहेको एलईभी ०१ मा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप, सस्पेन्डेड टेललाइट डिजाइन जस्ता अत्याधुनिक विशेषताहरू समावेश छन्। गाडीको इन्टेरियर पनि विलासी रहेको छ। लेदरेट स्टेरिङ ह्वील, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, हाई-टेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता विशेषताहरू यसमा उपलब्ध छन्।

सुरक्षाका लागि एलईभी ०१ मा ६ वटा एयरब्याग, ईबीडी, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल जस्ता अत्याधुनिक फिचर समावेश छन्।

एलएस अटोले प्रस्तुत गरेको यो इभी नेपाली बजारका लागि नयाँ युगको सुरुवातको संकेत हो। विद्युतीय सवारीसाधनप्रति आकर्षण बढ्दै गएको समयमा एलईभी ०१ नेपालका उपभोक्ताहरूका लागि उत्कृष्ट विकल्प बन्नेछ।
 

सम्बन्धित समाचार