Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

रवि लामिछानेलाई ५४ लाख धरौटीमा छोड्न चितवन जिल्ला अदालतको आदेश

रवि लामिछानेलाई ५४ लाख धरौटीमा छोड्न चितवन जिल्ला अदालतको आदेश

अर्थ प्लस
रवि लामिछानेलाई ५४ लाख धरौटीमा छोड्न चितवन जिल्ला अदालतको आदेश

रुपन्देही , माघ २४ । रवि लामिछानेलाई धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ । साहारा सहकारीको रकम ठगी मुद्दाको थुनछेक बहसछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।

पुरक निवेदनसहित साहारा सहकारीको ४३ लाख ९४ हजार ६ सय ३१ रूपैयाँ फिर्ता पाउनुपर्ने मागदाबी प्रहरीको छ । दुवै निवेदनअनुसार कुल ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । भने कम्पनीक‍ो हकमा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो जनाइएको छ ।

सम्बन्धित समाचार