Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि मनाङ घुम्न आए विदेशी पर्यटक

हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि मनाङ घुम्न आए विदेशी पर्यटक

अर्थ प्लस
हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि मनाङ घुम्न आए विदेशी पर्यटक

काठमाडौं ।  हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि हिमाली जिल्ला मनाङ घुम्न विदेशी पर्यटक आएका छन् । गत जनवरीमा चिसोको प्रवाह नगरी ४६ देशका छ सय १८ पर्यटकले मनाङ भ्रमण गरे ।

चिनियाँ नयाँ वर्षमा सार्वजनिक बिदा हुने भएकाले जनवरीमा सबैभन्दा बढी छिमेकी राष्ट्र चीनका पर्यटकको आगमन भएको अन्नपूर्ण संरक्षण क्षेत्र९एक्याप० इलाका कार्यालय मनाङले जनाएको छ । चीनका मात्रै एक सय ९९ पर्यटक यहाँ घुम्न आएका छन् ।

एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार छिमेकी मुलुक भारतका एक सय छ नागरिकले भ्रमण गरेका छन् । गत वर्षहरुमा अफ सिजनमा खासै विदेशी पर्यटकको आगमन नहुने गरेकामा यस वर्ष बढ्दो क्रममा देखिएको हो ।

ताप्लेजुङमा केबलकार बनेसँगै आर्थिक गतिविधि चलायमान हुने, रोजगारी सिर्जना हुनेकुरा महत्वपूर्ण रहेको उनले बताए। ताप्लेजुङवासीलाई त्यहीँ रोजगारी दिने उद्देश्यका साथ केबलकार बनाउन लागिएको उनले बताए। 

उनले केबलकार बनेसँगै ताप्लेजुङको विकास र समृद्धिमा नै सहयोग पुग्ने बताए। उनले पाथीभरा देवी केबलकार निर्माण भएसँगै तीन सय रोजगारी थपिने र जसमा ८० प्रतिशत ताप्लेजुङवासीले नै रोजगारीको अवसर पाउने उल्लेख गरे।

सम्बन्धित समाचार