Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बुद्ध एयरले ल्यायो भ्यालेन्टाइन अफर, एउटा टिकट किन्दा अर्को सित्तैमा

बुद्ध एयरले ल्यायो भ्यालेन्टाइन अफर, एउटा टिकट किन्दा अर्को सित्तैमा

बुद्ध एयरले ल्यायो भ्यालेन्टाइन अफर, एउटा टिकट किन्दा अर्को सित्तैमा

२०८१,माघ २८ गते
काठमाडौं। बुद्ध एयरले आगामी १४ फेब्रुअरीको प्रेम दिवस (भ्यालेन्टाइन्स डे)लाई अझ विशेष बनाउने उद्देश्यले नयाँ अफर सार्वजनिक गरेको छ।

कम्पनीले पर्वतीय उडानमा विशेष छुटको अफर ल्याएको छ, जस अन्तर्गत एक जना यात्रुले टिकट किन्दा अर्को टिकट निःशुल्क प्राप्त गर्नेछन्। यस अफरमा एकजना यात्रुलाई झ्याल र सँगैको सिट दिनेछ । पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशंकरलगायत थुप्रै हिमश्रृंखला अवलोकन गर्न सकिन्छ।

उडानमा जोडी यात्रुलाई चकलेट, गुलाबको फुल तथा चिया स्पटको मिठो खाजा खानाका लागि डिस्काउन्ट भौचर समेत दिइने बताइएको छ।

यसैगरी गोला प्रथाबाट छानिने ३ जना जोडी यात्रुका लागि दलाई–ला–बुटिक होटलमा दुई दिन एक रातको प्याकेज तथा अन्य सबै यात्रुहरूका लागि डिस्काउन्ट भौचर प्रदान गर्ने कम्पनीले जनाएको छ। साथै, ५ जना जोडी यात्रुलाई चन्द्रागिरि केबलकारको आउजाउ टिकट उपलब्ध गराइनेछ।

सम्बन्धित समाचार