काठमाडौं, माघ २८ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २३ करोड १६ लाख रुपैयाँ छ ।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा २१ करोड ९७ लाख रुपैयाँ थियो ।
कम्पनीको खुद प्रिमियम आम्दानी पहिले २ अर्ब ६२ करोड रहेकोमा अहिले ३ अर्ब ११ करोड छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा छ । प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ३८ पैसा छ ।
