Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

अमरेशकुमार सिंहको बालेनलाई चुनौती: सके संसद् भवन र सर्वोच्च भत्काऊ!

अमरेशकुमार सिंहको बालेनलाई चुनौती: सके संसद् भवन र सर्वोच्च भत्काऊ!

अर्थ प्लस
अमरेशकुमार सिंहको बालेनलाई चुनौती: सके संसद् भवन र सर्वोच्च भत्काऊ!

काठमाडौं, माघ २८ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई चुनौती दिएका छन् । उनले बालेनद्वारा कवाड व्यवसायीमाथि डोजर चलाइएको घटनालाई नाजीवाद र फाँसीवादसँग तुलना गर्दै, बालेनलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र त्यसले दिएको नागरिक अधिकारको सम्मान गर्न आग्रह गरेका छन् ।

अमरेशले भने, “हामी ०७२ को गणतान्त्रिक संविधानमा शासित छौँ । काठमाडौं सातै प्रदेशको राजधानी हो। काठमाडौं महानगरपालिकाको मेयर जसरी जर्मनीमा नाजीवादको सुरुवात हिटलरबाट भएको थियो, त्यसरी नै बालेन प्रस्तुत हुँदैछन् ।”

सांसद अमरेशकुमारले बालेनलाई थप चुनौती दिँदै भने, “म बालेनलाई च्यालेन्ज गर्न चाहन्छु । हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ, हिम्मत छ भने सिंहदरवार भत्काएर देखाऊ, हिम्मत छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ, हिम्मत छ भने बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ। यो नाजीवादको शैली काठमाडौं महानगरको मेयरबाट चल्दैन ।”

सम्बन्धित समाचार