Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

‘नो केबलकार समूह’ले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम

‘नो केबलकार समूह’ले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम

अर्थ प्लस
‘नो केबलकार समूह’ले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम

काठमाडौँ, माघ २८ । पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

उनीहरुले फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्नेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

सरकारसँग यसअघि माघ २२ गते भएको ६ बुँदे सहमति कार्यान्वयन पनि सरकार इमान्दार नभएको उनीहरुले बताएका छन् ।

२२ गते भएको वार्ताअनुसार हिजो (माघ २७ गते) दुवै पक्षबीच विस्तृत वार्ता गर्ने सहमति भएको थियो । तर सहमति बमोजिम आफूहरु मन्त्री वा उच्चस्तरीय टोलीसँगमात्रै वार्ता गर्ने भन्दै उनीहरुले हिँडेपछि छलफल भाँडिएको थियो ।

उनीहरुले साँझसम्मको समय दिएर मन्त्री वा उच्चस्तरीय राजनीतिक वार्ता टोली गठन गर्न अल्टिमेटम दिएका थिए । सरकारले उक्त माग बमोजिम वार्ता टोली गठन नगरेपछि थप संघर्षका कार्यक्रम ल्याउनु परेको उनीहरुको दाबी छ ।

सम्बन्धित समाचार