Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सिद्धार्थ प्रिमियरको खुद नाफा ३७ .६७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?

सिद्धार्थ प्रिमियरको खुद नाफा ३७ .६७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?

अर्थ प्लस
सिद्धार्थ प्रिमियरको खुद नाफा ३७ .६७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौँ, माघ २९ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

जसअनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म २२ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको दोस्रो त्रैमाससम्म सोहि अवधीको  तुलनामा  कम्पनीको खुद नाफा ३७ .६७ प्रतिशतले घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ३६ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीले खुद बीमा शुल्क गत वर्षको दोस्रो त्रैमाससम्म  ७९ करोड २५ लाख रुपैयाँ आर्जन गरेकोमा  चालू आवमा शुल्क बढेर ८० करोड ३९ लाख रुपैयाँ पुगेको छ।

चालू आवमा कम्पनीको कुल आम्दानी  घटेको छ। गत आवमा कम्पनीको कुल आम्दानी १ अर्ब ३३ करोड रुपैयाँ रहेकोमा चालू आवमा घटेर १ अर्ब ३० करोड रुपैयाँमा झरेको छ।

त्यस्तै चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ०३ पैसा र प्रतिशेयर नेटवर्थ २ सय ८७ रुपैयाँ ३४ पैसा रहेको छ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ। कम्पनीको शेयर प्रिमियम ४ लाख रुपैयाँ, स्पेशल रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ३१ करोड रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ।

सम्बन्धित समाचार