Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सलिकोको खुद नाफा ६६.७२ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति?

सलिकोको खुद नाफा ६६.७२ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति?

अर्थ प्लस
सलिकोको खुद नाफा ६६.७२ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति?

काठमाडौँ, माघ २९ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडलले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

जसअनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष यस अवधिसम्म कम्पनीले २० करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो। गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ६५ दशमलव ७२ प्रतिशतले कमी हो।

कम्पनीको खुद बीमाशुल्क आर्जन गत आवमा ७९ करोड ५९ लाख रुपैयाँ रहेकोमा चालू आवमा घटेर ७१ करोड ९१ लाख रुपैयाँमा कायम भएको छ।

कम्पनीको कुल आम्दानी बहेको छ । गत आवमा १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेकोमा चालू आवमा बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ०२ पैसा र प्रतिशेयर नेटवर्थ २ सय ४५ रुपैयाँ १८ पैसा रहेको छ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। कम्पनीको स्पेशल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा ६३ करोड रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड रुपैयाँभन्दा बढी सञ्चित गरेको छ।

सम्बन्धित समाचार