२०८१,माघ २९ गते
काठमाडौँ। ‘सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ यही शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ । फागुन २ गतेदेखि सुरु हुने उक्त एक्स्पो फागुन ४ गतेसम्म चल्नेछ ।
नेपाल भित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्यवसायी तथा कम्पनीहरूको प्रदर्शनी स्टल रहने छ । कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रा.लि,फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा.लि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.लि ले संयुक्त रूपमा ‘सातौँ नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’गर्न लागेको हो ।
प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवर्द्धक रहेको छ भने सहयोगी संस्थाहरूमा नेपाल गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, राष्ट्रिय दुग्ध विकास वोर्ड, नेपाल कृषि सहकारी केन्द्रय संघ लि तथा राष्ट्रिय कृषक समूह महासंघ नेपाल रहेका छन् ।
प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु-याउने साना साना औजार, मेसिनदेखि लिएर डेरी मेसिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरूसमेत प्रदर्शनीमा राखिनेछ ।
उक्त एक्स्पो नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु-याउन यो प्रदर्शनी कोशेढुङ्गा सावित हुने आयोजक कम्पनीको बिश्वास छ ।
प्रदर्शनीमा हलमा जान प्रवेश शुल्क लाग्नेछैन । सबैको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने आयोजकको विश्वास छ ।
प्रर्दशनीमा कृषिका विभिन्न विधाहरू जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेनरी, खाद्य प्रविधि बारेमा जानकारी प्राप्त गर्न सकिने छ । मुख्य प्रदर्शनी स्थलमा सबै बिधाका अलग अलग समूह स्टल रहने छन् । मेलामा अवलोकन गर्न आउनेले आफ्नो चाहना आवश्यकता र चासो अनुसारको स्टलमा गएर सम्पूर्ण जानकारी लिन सक्ने गरि व्यवस्था मिलाइएको छ । यसलाई ‘प्रदर्शनी भित्रको प्रदर्शनी’पनि भन्न सकिन्छ ।
यस प्रर्दशनीमा देशैभरीका अगुवा किसान दाजुभाइ, अगुवा कृषकहरू, नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधि, निति निर्माता, व्यवसायी, उधमी, व्यापारी, आयातकता, निर्यातकर्ता, सरकारी तथा गैर-सरकारी संस्थाहरू, बैंक तथा बित्तिय संस्थाहरू, अनुसन्धान कर्ता, शिक्षक, विद्यार्थी, शिक्षण संस्थाहरू को विशेष उपस्थिति हुने भएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र राष्ट्रिय कृषक समूह महासंघको विशेष पहलमा देशभरीबाट किसान दाजुभाइहरूले प्रदर्शनीको अवलोकन गर्नुहुनेछ ।
यस्तै, देशभरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिइएको छ ।
