Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
कर्पोरेट

सोनापुर मिनरल्सकाे वार्षिक साधारण सभा सम्पन्न

सोनापुर मिनरल्सकाे वार्षिक साधारण सभा सम्पन्न

सोनापुर मिनरल्सकाे वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २८ माघ। सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड(SONA)को १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा घोराही उपमहानगरपालिका वार्ड नं १५, दाङ्ग स्थित होटल माला इनमा सम्पन्न भएको हो ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

यसैगरी, सभाद्वारा सर्वसाधारण शेयरधनी समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा अंकित खड्का र रचना कुमारी ओझा निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार