Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

वाइ वाइ र एपीएफ फुटबल क्लबबिच प्रायोजन सम्बन्धी सम्झौता

वाइ वाइ र एपीएफ फुटबल क्लबबिच प्रायोजन सम्बन्धी सम्झौता

वाइ वाइ र एपीएफ फुटबल क्लबबिच प्रायोजन सम्बन्धी सम्झौता

२०८१,माघ २९ गते

काठमाडौँ। सीजी फुड्स नेपाल लिमिटेड र नेपाल एपीएफ फुटबल क्लबबिच एक वर्षका लागि सह(प्रायोजन सम्झौता भएको छ। सशस्त्र प्रहरी बल, नेपालको महिला फुटबल टिमसँग सहकार्य गर्दै वाइ वाइले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौतापत्रमा एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विकास घिमिरे र सीजी फुड्स नेपाल लिमिटेडका सहायक महाप्रबन्धक सुरेन्द्र खनालले हस्ताक्षर गरेका छन्। 

सम्झौता हस्ताक्षर कार्यक्रम नेपाल एपीएफ क्लबको आयोजनामा सम्पन्न भएको थियो। वाइ वाइले फुटबल, क्रिकेटलगायत विभिन्न खेलकुदको प्रवर्द्धन गर्दै आइरहेको छ। 

यस सहकार्यले महिला फुटबलको विकासमा थप योगदान पुर्‍याउने विश्वास गरिएको छ।

सम्बन्धित समाचार