Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

गृहमन्त्रीलाई शिशिर खनालकाे प्रश्न- आफ्नो प्रहरीको सुरक्षा गर्न नसक्ने भएपछि कुन नैतिकताले कुर्सीमा बस्ने?

गृहमन्त्रीलाई शिशिर खनालकाे प्रश्न- आफ्नो प्रहरीको सुरक्षा गर्न नसक्ने भएपछि कुन नैतिकताले कुर्सीमा बस्ने?

अर्थ प्लस
गृहमन्त्रीलाई शिशिर खनालकाे प्रश्न- आफ्नो प्रहरीको सुरक्षा गर्न नसक्ने भएपछि कुन नैतिकताले कुर्सीमा बस्ने?

काठमाडौं, माघ २९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आफूले कमान्ड गरेको नेपाल प्रहरीको सुरक्षा गर्न नसकेको भन्दै गृहमन्त्री रमेश लेखकमाथि प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्न सकेको भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘क्याम्पसमा नेविसंघको विद्यार्थी भनेर गृहमन्त्रीसँगको फोटो देखाएर प्राध्यापक थर्काउने, कहिले सत्ता टिकाउने बहानामा अखिल सम्बद्ध विद्यार्थीहरूलाई प्रहरीले अनुसन्धान गर्न पनि आँट नगर्ने, यता अभद्र व्यवहार भनेर आशिका तामाङहरूलाई हत्कडी लगाएर १५ दिन डुलाउने ?’

सदन र भाषणहरूमा युवाहरू देश छाडेर गए भनेर धेरै नेताहरूले चिन्ता व्यक्त गरे पनि व्यवहारमा दलीय आधारमा एउटा पक्षको विद्यार्थीहरूलाई मात्र देश सुरक्षित छ भनेर नेपाली युवाहरूलाई सन्देश दिइरहेको उनको जिकिर थियो । ‘दुई तिहाइको तपाईँहरूको बहुमत छ, गृहमन्त्रीले आफैले कमान्ड गरेको प्रहरीको सुरक्षा दिन सक्दैन भने नेपाली युवा कसको युवाको देशमा किन बस्ने ? तपाईंहरूलाई भोट हाल्न मात्र बस्ने ?,’ उनले प्रश्न गरे ।

सम्बन्धित समाचार