Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

रास्वपा सांसद मनिष झाको प्रश्नः वर्षौंसम्म जेल बसेर बाहिर आएका नेताहरुको दरबार कसरी बन्यो ?

रास्वपा सांसद मनिष झाको प्रश्नः वर्षौंसम्म जेल बसेर बाहिर आएका नेताहरुको दरबार कसरी बन्यो ?

अर्थ प्लस
रास्वपा सांसद मनिष झाको प्रश्नः वर्षौंसम्म जेल बसेर बाहिर आएका नेताहरुको दरबार कसरी बन्यो ?

काठमाडौं, माघ २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सबै राजनीतिक दलका नेताहरुको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले बहुदलीय व्यवस्था ल्याउनुमा शीर्ष राजनीतिक दलका नेताहरुको योगदान रहे पनि त्यसको फाइदा उठाएर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाए।

उनले वर्षौंसम्म जेल बसेर बाहिर आएका नेताहरुको दरबार कसरी बन्यो? भन्दै प्रश्नसमेत गरे। उनले आफूहरु जुनसुकै अनुसन्धानका लागि तयार भए पनि सबैतिर सुशासन कायम गर्नुपर्ने बताए।

उनले भने, ‘हामी आज निर्दलीय व्यवस्थाबाट बहुदलीय आउँदै गर्दा उहाँहरुको योगदान छ। त्यसप्रति सम्मान छ। तर वर्षौंसम्म जेल बसेर बाहिर आउँदा एकैचाटी दरबार कसरी बन्यो? व्यापार कहाँ गरियो? व्यवसाय त कुनै पनि थिएन। जेल बसेर बाहिर आएको केही महिनामै नेताहरुको दरबार बन्न थाल्यो यहाँ। त्यसको छानबिन गर्नुपर्दैन? हाम्रो नगर भनेकै छैनौं हामीले तर सुशासनको अभ्यास सबैतिर गरौँ।’

सम्बन्धित समाचार