Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

अर्थ प्लस
प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौं, माघ ३० । गृहमन्त्री रमेश लेखकले प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनामा दोषीलाई कडा कारबाही गर्न निर्देशन दिएका छन्। उनले प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन स्पष्ट निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकले आज बिहान गृह मन्त्रालयमा उच्च पदस्थ प्रहरी अधिकारीसँगको बैठकमा शान्ति सुरक्षा कायम गर्न प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेका छन्। उनले मुलुकका केही स्थानमा हालै सुरक्षाकर्मीमाथि कुटपिट र दुर्व्यवहारका घटनाहरू सार्वजनिक भएको अवस्थामा प्रहरीलाई थप सक्रिय भएर शान्ति सुरक्षा कायम गर्नुपर्नेमा जोड दिएका छन्।

माघ २६ गते काठमाडौंको दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी)को टोलीमाथि आक्रमण भएको थियो। यस आक्रमणमा प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइते भएका थिए। उनीहरूको शरीरमा विभिन्न चोटहरू लागेका थिए, र उनीहरूले प्रहरीको मोटरसाइकललाई लडाउँदै कुटपिट गरेका थिए। साथै, प्रहरीको लौरो पनि फालिएको थियो।

आइतबार प्रहरीमाथि आक्रमण गरेको आरोपमा ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारा पक्राउ परेका थिए।

सम्बन्धित समाचार