Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

धितोपत्र बोर्ड र त्रिवि व्यवस्थापन केन्द्रीय विभागबीच सहकार्य गर्ने सम्झौता

धितोपत्र बोर्ड र त्रिवि व्यवस्थापन केन्द्रीय विभागबीच सहकार्य गर्ने सम्झौता

धितोपत्र बोर्ड र त्रिवि व्यवस्थापन केन्द्रीय विभागबीच सहकार्य गर्ने सम्झौता

२०८१,फागुन १ गते

काठमाडौं । धितोपत्र बोर्ड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सहकार्य गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा बुधबार धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र त्रिवि व्यवस्थापन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा। भवानीशंकर आचार्यले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार पुँजी बजारका विविध विषयमा अध्ययन तथा अनुसन्धान, लगानीकर्ता प्रशिक्षण तथा सचेतना अभिवृद्धिसम्बन्धी पाठ्यक्रम विकास, वित्तीय साक्षरता अभिवृद्धिलगायत धितोपत्र बोर्डका कर्मचारीको क्षमता वृद्धिका लागि विभिन्न किसिमका तालिम तथा व्यवसायिकता अभिवृद्धि गरिनेछ।

सम्झौतापत्रअनुसार धितोपत्र बोर्डले तोकेका धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास र विस्तारसँग सम्बन्धित विषयवस्तुमा एकल वा बोर्डसँग सहकार्य गरी अध्ययन तथा अनुसन्धान गर्ने, वित्तीय साक्षरतासम्बन्धी पाठ्यक्रमको विकास तथा साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने र गराउने, विभाग न्तर्गत अध्ययनरत विद्यार्थीलाई पुँजीबजार सम्बन्धमा तालिम तथा प्रशिक्षण प्रदान गर्नेछ।

यसैगरी विभागले धितोपत्र बोर्डका कर्मचारीको क्षमता तथा व्यवसायिकता अभिवृद्धि गर्न सहयोग पुग्ने तालिम तथा अन्तर्क्रिया कार्यक्रमको विकास तथा आयोजना गर्नेछ।

 

सम्बन्धित समाचार