Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र इनड्राइभ नेपालबीच सहकार्य, प्रयोगकर्ताहरूको दुर्घट्ना बिमा सुरक्षित

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र इनड्राइभ नेपालबीच सहकार्य, प्रयोगकर्ताहरूको दुर्घट्ना बिमा सुरक्षित

अर्थ प्लस
सगरमाथा लुम्बिनी इन्स्योरेन्स र इनड्राइभ नेपालबीच सहकार्य, प्रयोगकर्ताहरूको दुर्घट्ना बिमा सुरक्षित

काठमाडौं ।ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा दुर्घटना बिमा सुरुवात गरेको छ । 

यस पहलले चालक र यात्रुहरूलाई अप्रत्याशित दुर्घट्नाका घटनाहरूमा वित्तीय सुरक्षासहितको सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

सम्झौता पत्रमा इनड्राइभ नेपालका कम्पनी रिप्रिजेन्टेटिभ रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीद्वारा हस्ताक्षर गरिएको छ ।

यस सम्झौता अनुसार, चालक वा यात्रुको कुनै दुर्घटनाका कारणले मृत्यु भएमा ८ लाख रुपैयाँ, पूर्ण स्थायी अशक्तता भएमा ८ लाख रुपैयाँ एवम् दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा ८० हजार रुपैयाँ रकम भुक्तानी गर्नेछ ।

त्यस्तै, नाबालिक यात्रुहरूको हकमा बिमित क्षतिपूर्ति रकमको ५० प्रतिशत खर्च दिइनेछ ।

इनड्राइभ नेपाल कम्पनी रिप्रिजेन्टेटिभ रीता पोखरेलले भनिन्, “इनड्राइभमा, हाम्रा प्रयोगकर्ताको सुरक्षा र कल्याण हाम्रो प्रमुख प्राथमिकता हो । यो बीमा सेवाले चालक र यात्रुहरूलाई आत्मविश्वासका साथ यात्रा गर्न सहयोग गर्नेछ । हामी हाम्रा प्रयोगकर्ता र चालक साझेदारहरूको सुरक्षाका लागि प्रतिबद्ध छौँ ।”

यो बीमा योजनाले आवश्यक वित्तीय सुरक्षा प्रदान गर्दै नेपालमा सुरक्षित राइड–हेलिंग वातावरण निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ ।

सम्बन्धित समाचार