Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

साढे तीन खर्ब डलरको कम्पनीका सीईओको वार्षिक कमाई ७६ हजार डलर मात्रै

साढे तीन खर्ब डलरको कम्पनीका सीईओको वार्षिक कमाई ७६ हजार डलर मात्रै

साढे तीन खर्ब डलरको कम्पनीका सीईओको वार्षिक कमाई ७६ हजार डलर मात्रै

२०८१,फागुन २ गते

क्यालिफोर्निया । अमेरिकी एआई कम्पनी ओपनएआईको प्रमुख कार्यकारी अधिकारी (सीईओ) हुन् साम अल्टम्यान । यतिबेला प्रविधि जगतमा अल्टम्यान सर्वाधिक महत्त्वपूर्ण व्यक्तिमध्ये एक हुन् । 

तर झन्डै साढे तीन खर्ब डलर बजार पुँजीकरण भएको कम्पनीको सीईओको वार्षिक तलब ७६ हजार डलर मात्रै छ । प्रविधि जगतमा असाधारण तलब सुविधा हुन्छ । तर साम अल्टम्यानको अवस्था अलिक फरक छ ।

ब्लुम्बर्गमा हालै छापिएको समाचार अनुसार सीईओको भूमिका निर्वाह गरेबापत अल्टम्यानले वर्षमा ७६ हजार १ डलर तलब थापेका छन् । अनि कम्पनीमा उनको शेयर पनि छैन । सीएनबीसीको मेक इटका अनुसार अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका सीईओ जेफ बेजोसले पनि दशकौँसम्म ८१ हजार ८४० डलर मात्रै तलब थापिरहेका छन् । तर उनीसँग कम्पनीको ठुलो परिमाणमा शेयर छ । यसैका कारण उनी विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् ।

अल्टम्यानबारे जरुरी अर्को कुरा के भने उनले ओपनएआईको शेयर लिन मानेनन् । उनले कम्पनीको १ प्रतिशत मात्रै शेयर लिएको भए पनि उनको नेटवर्थ बढेर ३४ अर्ब डलरमा पुग्थ्यो ।

ओपनएआईको बजार पुँजीकरण झन्डै ३ खर्ब ४० अर्ब डलर छ । कम्पनीको १ प्रतिशत शेयरले मात्रै पनि उनलाई विश्वको ५० औँ धनी व्यक्ति बनाउँथ्यो ।  अल्टम्यान ओपनएआईका संस्थापक र वर्तमान सीईओ पनि हुन् । कम्पनीमा उनले यो भन्दा धेरै शेयर पाउने भए उनीसँग कति नेटवर्थ हुन्थ्यो होला रु कल्पना गर्नुस् त । 

सम्बन्धित समाचार