Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एफपिओ निष्कासन गर्न विन नेपाल लघुवित्तले पायो धितोपत्र बोर्डबाट अनुमति

एफपिओ निष्कासन गर्न विन नेपाल लघुवित्तले पायो धितोपत्र बोर्डबाट अनुमति

एफपिओ निष्कासन गर्न विन नेपाल लघुवित्तले पायो धितोपत्र बोर्डबाट अनुमति

२०८१,फागुन २ गते

काठमाडौं। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट थप सार्वजनिक निष्कासन (एफपिओ) निष्कासन गर्ने अनुमति पाएको छ।

कम्पनीले १०० रूपैयाँ अंकित मूल्यमा ५१ लाख २९ हजार दुई सय रूपैयाँ बराबरको ५१ हजार २९२.५० कित्ता एफपिओ निष्कासन गर्ने अनुमति पाएको हो।

कम्पनीको बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङले गर्नेछ। 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्नेरगाभिनका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तहरूले एफपिओ जारी गर्न लागेका हुन्।

सम्बन्धित समाचार