Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सरकारले ल्याएका सबै अध्यादेश पारित हुन्छन् : एमाले महासचिव पोखरेल

सरकारले ल्याएका सबै अध्यादेश पारित हुन्छन् : एमाले महासचिव पोखरेल

अर्थ प्लस
सरकारले ल्याएका सबै अध्यादेश पारित हुन्छन् : एमाले महासचिव पोखरेल

काठमाडौं, फागुन २ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको सबै अध्यादेशहरू पारित हुने दाबी गरेका छन् ।

एमाले विज्ञान तथा प्रविधि विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले अध्यादेशको विरोध भए पनि सबै प्रयास असफल हुने नठान्न आग्रह गर्दै सरकारका सबै अध्यादेश पारित हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘अध्यादेशलाई अघि बढाउनका लागि धेरै विकल्पहरू छन्, जसरी भए पनि राज्यको कानूनमा ठाल्नेछौं।’ पोखरेलले अध्यादेशमार्फत सबै क्षेत्रलाई सम्बोधन गर्ने प्रयास गरिएको पनि स्पष्ट पारे ।

यसै क्रममा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग र उद्यमशीलतालाई सूचना प्रविधिको माध्यमबाट अगाडि बढाउनका लागि नयाँ नीति ल्याउने जानकारी दिए। उनले भने, ‘प्रविधिलाई आत्मसाथ गर्न नसकेको खण्डमा आजको विकास सम्भव छैन ।’

मन्त्री भण्डारीले २०२६ सम्म नेपाल विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने आशा व्यक्त गर्दै सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार