Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

महाकुम्भ दर्शन गर्न गएको गाडी दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु

महाकुम्भ दर्शन गर्न गएको गाडी दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु

अर्थ प्लस
महाकुम्भ दर्शन गर्न गएको गाडी दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु

काठमाडौं। भारत उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको दर्शन गर्न जाने क्रममा गएराति भएको सडक दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ।

मध्यरातमा बोलेरो गाडी र बस एकआपसमा जुध्न पुग्दा उक्त दुर्घटना भएको हो। घटनामा परी १९ जना घाइते भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्।

ज्यान गुमाउने सबैजना बोलेरोमा सवार हुनेहरू रहेको जनाइएको छ। उनीहरू छतीसगढको कोरबा जिल्लाबाट महाकुम्भ स्नानका लागि आउँदै थिए।

दुर्घटना प्रयागराज-मिर्जापुर हाइवेमा भएको जनाइएको छ। घाइते भएका १९ जना बसमा सवार रहेकाहरु हुन्। उनीहरूमध्ये प्रदेशको राजगढ जिल्लामा बसोबास गर्ने तिर्थालु रहेका थिए।

सम्बन्धित समाचार