Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

अध्यादेश अघि बढाउने सत्तारुढ दलहरुबीच सहमति

अध्यादेश अघि बढाउने सत्तारुढ दलहरुबीच सहमति

अर्थ प्लस
अध्यादेश अघि बढाउने सत्तारुढ दलहरुबीच सहमति

काठमाडौं, फागुन ३ । सत्तारुढ दलहरुको शीर्ष नेताहरुको बैठकमा सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति भएको छ। आज बसेको बालुवाटार बैठकमा सबै दलहरुसँग छलफल गरेर अध्यादेश पारित गर्ने सहमति भएको हो । 

गृहमन्त्री रमेश लेखकका अनुसार संघीय संसद्मा रहेका सबै दलहरूसँग छलफल गरेर फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत हुने छ । उनले अध्यादेशलाई पारित गर्नका लागि बहुमत पुग्ने दाबी गरेका छन् । 

बैठकपछि उनले भने, ‘छलफल सरकारात्मक रुपमा अगाडि बढेर निष्कर्षमा पुगेका छौं। सत्ता गठबन्धनसँग बहुमत पुग्नेगरी छलफल भएको छ।’

सम्बन्धित समाचार