Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

तरलता व्यवस्थापनका लागि आज थप ४० अर्ब बजारबाट उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि आज थप ४० अर्ब बजारबाट उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि आज थप ४० अर्ब बजारबाट उठाउँदै राष्ट्र बैंक

२०८१,फागुन ४ गते

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज थप ४० अर्ब रुपैयाँ बजारबाट निक्षेप उठाउँदै छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता उठाउने भएको हो । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार ४० अर्ब बराबर तरलता उठाउने भएको छ ।

राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।

निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज फागुन २५ गते  भुक्तानी हुनेछ ।
 

 

सम्बन्धित समाचार