Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

धोबिखोलामा खस्यो कार

धोबिखोलामा खस्यो कार

अर्थ प्लस
धोबिखोलामा खस्यो कार

काठमाडाैं, फागुन ४ । धोबिखोलामा एउटा कार खसेको छ । मदन भण्डारी कलेज छेउमा कार खसेको सिंहदरबार वृत्तका डीएसपी गंगा पौडेलले जानकारी दिए ।

बा २१ च ६६१४ नम्बरको कार आइतबार साँझ धोबिखोलामा खसेको हो । प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन ।

‘अहिले हामी मापसे लगायतका चेकजाँच गरिरहेका छौं, कुनै क्षति भएको छैन,’ ट्राफिक प्रहरीका एसएसपी विनोद घिमिरेले भने ।

यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो ।

सम्बन्धित समाचार