Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

अर्थमन्त्री पौडेललाई डिस्चार्ज गर्ने अस्पतालको निर्णय

अर्थमन्त्री पौडेललाई डिस्चार्ज गर्ने अस्पतालको निर्णय

अर्थमन्त्री पौडेललाई डिस्चार्ज गर्ने अस्पतालको निर्णय

२०८१,फागुन ५ गते
काठमाडौं । पोखरा घटनामा घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई आज डिस्चार्ज गर्ने निर्णय कीर्तिपुर अस्पतालले गरेको छ।

पोखरामा भ्रमण वर्ष घोषणा कार्यक्रममा शनिबार हाइड्रोजन ग्यास भरिएका बेलुन उडाउने क्रममा स्पार्क मेसिनबाट निस्किएका झिल्कासँग सम्पर्क हुन गई दुर्घटना हुन पुगेको थियो। बेलुन फुट्दा आगोको झिल्काले अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको दुवैको हात र अनुहार सामान्य जलेको थियो।

त्यसपछि दुवैलाई थप उपचारका लागि कीर्तिपुर अस्पताल ल्याइएको थियो। अस्पतालका अनुसार मन्त्री पौडेल र मेयर आचार्य दुवैको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै पनि खराब असर पारेको देखिएको छैन।

मेयर आचार्यले पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएका कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकोले केही दिन थप उपचार हुने जानकारी अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित समाचार