Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

जनकपुरको १२ सय बिघा जग्गा हिनामिना गर्ने नेताहरुको नाम सार्वजनिक गरिदिने सांसद झाको चेतावनी

जनकपुरको १२ सय बिघा जग्गा हिनामिना गर्ने नेताहरुको नाम सार्वजनिक गरिदिने सांसद झाको चेतावनी

अर्थ प्लस
जनकपुरको १२ सय बिघा जग्गा हिनामिना गर्ने नेताहरुको नाम सार्वजनिक गरिदिने सांसद झाको चेतावनी

काठमाडौँ, फागुन ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुर क्षेत्रका १ हजार २ सय बिघा जग्गा हिनामिना गरेर आफ्नो बनाउने नेताहरुको नाम सार्वजनिक गरिदिने चेतावनी दिएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर जनकपुर क्षेत्रको १ हजार २ सय विघा जग्गा लुटिएको बताएका हुन् ।

उनले भने, ‘अहिले १४ सय विघामा २ सय विघामात्रै बाँकी छ । पुराना दलका सबै नेता, त्यहाँको स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर १२ सय विघा लुटिसके । त्यससम्बन्धी पटक–पटक आवाज उठाउँदै आएको छु । विभिन्न चरणमा हामी सरकारमा हुँदैगर्दा त्यसको खोजतलास गर्नका लागि कमिटी र प्रतिवेदनमा पनि काम गरिसकेका छौं । अहिले वर्तमान सरकारलाई ध्यानाकार्षण गराउन चाहन्छु, म आफैं पनि त्यसमा काम गर्दैछु र आगामी बैठकमा कुन–कुन नेताले कति–कति जग्गा लिएको छ भन्ने जानकारी लिएर उपस्थित हुनेछु ।’

साथै उनले आगामी बैठकमा कति जग्गा कसले ल्याएको छ त्यसका बारेमा जानकारी लिएर नै उपस्थित हुने चेतावनी समेत दिए ।

सम्बन्धित समाचार