Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आईभीएफ सेवाबारे झुटो प्रचार नगर्न स्वास्थ्य संस्थालाई सरकारको चेतावनी, ल्यायो यस्ता व्यवस्था

आईभीएफ सेवाबारे झुटो प्रचार नगर्न स्वास्थ्य संस्थालाई सरकारको चेतावनी, ल्यायो यस्ता व्यवस्था

आईभीएफ सेवाबारे झुटो प्रचार नगर्न स्वास्थ्य संस्थालाई सरकारको चेतावनी, ल्यायो यस्ता व्यवस्था

२०८१,फाल्गुन ६ गते

काठमाडौं । सरकारले आईभीएफ सेवाबारे झुटो प्रचार–प्रसार नगर्न स्वास्थ्य संस्थाहरुलाई चेतावनी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सबै आईभीएफ सेवा प्रदायक स्वास्थ्य संस्थाका नाममा परिपत्र जारी गर्दै यस्तो चेतावनी दिएको हो। स्वास्थ्य संस्थाले आईभीएफ सेवा सम्बन्धमा झुटो प्रचार–प्रसार तथा चर्को मिडियाबाजी गरी सेवाग्राहीलाई चरम ठगी गरेको गुनासो प्राप्त भएको परिपत्रमा उल्लेख छ।

यसका साथै मनोमानी ढंगले शुल्कसमेत असुल्न गर्ने गरेको भनी गुनासाहरु आएपछि मन्त्रालयको माघ ३० गतेको निर्णयबमोजिम आईभीएफ सेवालाई व्यवस्थित बनाउन सेवा प्रदायक स्वास्थ्य संस्थाका लागि केही व्यवस्था कार्यान्वयन गर्न निर्देश दिइएको छ।

अब स्वास्थ्य संस्थाहरुले आईभीएफ सेवा सम्बन्धमा झुटो प्रचार–प्रसार गर्न मन्त्रालयले रोक लगाएको छ। सेवा शुल्कको विवरण संस्थाको वेबसाइटमा अनिवार्य रुपमा राख्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ।

यसैगरी शाखा स्थापना गरी सेवा सञ्चालन गर्न चाहेमा अनुमति प्रदान गर्ने निकायबाट मापदण्डबमोजिम प्रक्रिया पूरा गरी पुनः अनुमति लिनुपर्ने व्यवस्था पनि मन्त्रालयले गरेको छ।

संस्थामा सेवाका लागि आउने विपन्न, असहाय बिरामीका लागि १० प्रतिशत निःशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउन र संस्थाबाट प्रदान गरिएको सेवाको प्रतिवेदन प्रत्येक चौमासिक रुपमा अनुमति प्राप्त गर्ने निकायमा अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने प्रावधान पनि मन्त्रालयले निर्धारण गरेको छ।

 

सम्बन्धित समाचार