Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

त्रिपुरेश्वरमा फेला परेको ‘शंकास्पद’ वस्तु सिरानी

त्रिपुरेश्वरमा फेला परेको ‘शंकास्पद’ वस्तु सिरानी

अर्थ प्लस
त्रिपुरेश्वरमा फेला परेको ‘शंकास्पद’ वस्तु सिरानी

काठमाडौं, फागुन ६ ।  काठमाडौंको त्रिपुरेश्वरमा फेला परेको ‘शंकास्पद’ वस्तु सिरानी भएको पाइएको छ।

मंगलबार राति करिब साढे ७ बजे त्रिपुरेश्वर सडकपेटीमा शंकास्पद वस्तु रहेको खबर पाएपछि प्रहरी टोली खटिएको थियो। उक्त टोलीले घटनास्थललाई सुरक्षित पारेर सेनाको डिस्पोजल टोलीलाई बोलाएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार उक्त वस्तु सिरानी मात्र रहेको पाइएको छ। प्लास्टिकको म्याटले बेरिएको अवस्थामा भित्र सिरानी छ। ‘सेनाको टोली आएर हेर्‍यो। हेर्दा म्याटले बेरेको तकिया मात्रै छ। अरू केही देखिएन,’ उनले भने।

सम्बन्धित समाचार