Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

 जिपले स्कुटरलाई ठक्कर दिँदा आमाको निधन, छोरा गम्भीर घाइते

 जिपले स्कुटरलाई ठक्कर दिँदा आमाको निधन, छोरा गम्भीर घाइते

अर्थ प्लस
 जिपले स्कुटरलाई ठक्कर दिँदा आमाको निधन, छोरा गम्भीर घाइते

काठमाडौं । पोखरामा बिहीबार जिपले स्कुटरलाई ठक्कर दिँदा आमाको निधन भएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोकबाट जिरोकिमीतर्फ जाँदै गरेको ग३च८९७७ नम्बरको जीपले बिहीबार दिउँसो जिरोकिमीबाट सिर्जनाचोकतर्फ आउँदै गरेको ग १३ प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा आमाको निधन भएको हो भने छोरा गम्भीर घाइते भएका छन् । 

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएकी पोखरा महानगरपालिका वडा नं ११ फुलबारीकी ५६ वर्षीया माया गुरुङको मेट्रोसिटी अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिएको छ ।  सोही दुर्घटनामा गम्भीर घाइते भएका उनकै २६ वर्षीय छोरा मनोज गुरुङको अहिले पनि मेट्रोसिटी अस्पतालमा नै उपचार भैरहेको प्राप्त जानकारीमा उल्लेख छ ।  

सोही दुर्घटनामा सडक किनारमा रोकि राखेको ग ७ प ५२७४ नम्बरको स्कुटरमा पनि क्षति पुगेको प्रहरी स्रोतले जनाएको छ । घटनापछि जीप चालक, स्याङ्जा हरिनाश गाउँपालिका वडा नं १ का २५ वर्षीय निर्मल गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार