काठमाडौं , फागुन ९ । नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको को छ। हिजो सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ। बिहीबार तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने १ हजार ९९० रुपैयाँ कारोबार भइरहेको छ।
