२०८१,फागुन ११ गते
काठमाडौं । रिलायबल नेपाल इन्स्योरेन्सले एजेन्सी म्यानेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रमम धुलिखेलको होटल सारथीमा सम्पन्न गरेको छ । कम्पनीले बागमती प्रदेश अन्तर्गत बनेपा र काठमाडौ क्षेत्रका उत्कृष्ट ब्यबसाय गरि छनौट हुन सफल एजेन्सी म्यानेजरहरुलाई सम्मान गगरेको हो ।
कार्यक्रममा बनेपा क्षेत्र र काठमान्डौ क्षेत्र अन्तर्गत शाखाका उत्कृष्ट एजेन्सी म्यानेजर तथा एमडीआरटी अभिकर्ताहरु गरी १५० जनाको सहभागिता रहेको थियोे ।
उक्त कार्यक्रम रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबू लोहनीको प्रमुख आतिथ्यता तथा चिफ म्यानेजर युवराज शर्मा र प्रकाश धितालको विशेष आतिथ्यता र बागमती प्रदेश अन्तर्गत बनेपा क्षेत्रका प्रमुख राज कुमार गिरी र काठमाडौं क्षेत्रका प्रमुख यम पोख्रेल लगायत शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो ।
