Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सम्पदा लघुवित्तले लाभांश नदिने

सम्पदा लघुवित्तले लाभांश नदिने

सम्पदा लघुवित्तले लाभांश नदिने

२०८१,फागुन ११ गते

काठमाडौं। सम्पदा लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई निराश बनाएको छ। लघुवित्तले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गर्दै शेयरधनीहरुलाई निराश बनाएको थियो।

लघुवित्तको सञ्चालक समितिको फागुन ११ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यो निर्णयसँगै शेयरधनीहरुको हात खाली हुने भएको छ।

लघुवित्तले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा पेस गरिने लघुवित्तले जनाएको छ।
,

सम्बन्धित समाचार