२०८१,फागुन ११ गते
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत ९सिइओ०को रिक्त पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएको छ । सरकारले खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने उल्लेख गर्दै इच्छुक प्रतिस्पर्धीबाट आवेदन माग गरेको हो ।
नेप्सेको सिइओको लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी गरेको हुनुपर्नेछ ।
पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्य अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । निवेदन दिने व्यक्ति ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।
भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोवार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएको व्यक्तिहरूले सिइओको लागि योग्य नहुने उल्लेख गरिएको छ ।
आवेदन तथा सिफारिस प्रक्रिया सम्बन्धी विस्तृत विवरण अर्थ मन्त्रालयको वेबसाइट धधध।mया।नयख।लउ मा प्रकाशित “नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१” मा उपलब्ध रहेको छ ।
सूचना बमोजिम प्राप्त भएका आवेदनलाई सिफारिस समितिले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्नेछ । कुनै आवेदकले झुट्टा विवरण वा कागजात पेस गरेमा त्यस्तो आवेदन रद्द हुनुका साथै प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।
नेप्सेको सिइओ पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि आइतबार नै तीन सदस्यीय समिति गठन भएको थियो।
समितिमा अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक छन् भने अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल छन्।
