Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मूल्य समायोजनपछि दोर्दी खोला जलविद्युतको शेयरभाउ कति 

मूल्य समायोजनपछि दोर्दी खोला जलविद्युतको शेयरभाउ कति 

मूल्य समायोजनपछि दोर्दी खोला जलविद्युतको शेयरभाउ कति 

२०८१,फागुन १४ गते

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हकप्रद शेयरका लागि दोर्दी खोला जलविद्युतको शेयरभाउ समायोजन गर्दै प्रतिकित्ता ३४९.५० रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ५९९ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको शेयर कारोबारमा आउनेछ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ भोलि फागुन १५ गते बुक क्लोज गर्र्दैछ। आज फागुन १४ गते शिवरात्रि परेकोले हिजो फागुन १३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद शेयर भर्न योग्य भएका छन्।

कम्पनीले चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको छ। कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराको हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर जारी गर्नेछ।

हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ। हकप्रद जारी गर्ने मितिले भने कम्पनीले तय गरेको छैन।

धितोपत्र बोर्ड माघ २३ गते दोर्दी खोला जलविद्युतलाई हकप्रद शेयर जारी गर्ने अनुमति दिएको थियो।

 

सम्बन्धित समाचार