Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह  

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह  

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह  

२०८१,फागुन १५ गते
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न मेला, महोत्सव तथा जात्राका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले केही मेला, महोत्सव र जात्राका नाममा सुर्तीजन्य पदार्थको उत्पादक सङ्लग्नता भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता मेला, महोत्सव र जात्रामा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १० मा उत्पादकलगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो टेलिभिजन, इन्टरनेट, इमेलजस्ता विद्युतीय सञ्चारमाध्यम, अन्तरक्रिया कार्यक्रम, होडिङ बोर्ड, भित्ते लेखन, लोगो सङ्केत, चिन्ह वा अन्य कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रममा समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइने छैन’ उल्लेख छ । 

मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीले उक्त कानुन विपरीत सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने बताए ।

सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अन्यन्त हानिकारक भएको र त्यस्ता पदार्थको सेवनले मानवजीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापसमेतमा नकारात्मक असर पर्ने भएकाले मेला महोत्सवमा प्रयोजक नराख्न उनले आग्रह गरे।

सुर्तीजन्य पदार्थको (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने नियमावली, २०६८ र सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट र र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका २०८१ जारी भएको छ ।

उक्त निर्देशिका बमोजिम सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा प्याकेजिङको मुख्य भागको अगाडि र पछाडिको शतप्रतिशत भागमा चित्र अङ्कित चेतावनीमुलक स्वास्थ्य सन्देश राख्न सम्बन्धित सवै सरोकारवाललाई अनुरोध गरेका छन् । 
सुर्तीजन्य पदार्थसम्बन्धी ऐन, नियमावली र निर्देशिकामा भएका प्रावधानले सुर्तीजन्य पदार्थको प्रयोग घटाउन र दिर्घकालिन रूपमा सुर्तीजन्य पदार्थसँग सम्बन्धित रोग तथा मृत्युदर घटाउन र जनस्वास्थ्यमा सुधार गर्न योगदान पुर्‍याउने प्रवक्ता डा। प्रकाश बुढाथोकीको भनाइ छ ।

मन्त्रालयले सुर्तीजन्य पदार्थ  सम्बन्धि ऐन, नियमावली र निर्देशिकामा भएका व्यवस्थाको पालना नगरेको पाइएमा मन्त्रालयको ‘हेलो स्वास्थ्य कल सेन्टर १११५ मा दैनिक बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म तथा भाइवर, ह्वाट्अप नम्बर ९८५१३३०५९२ मा जानकारी गराउन अनुरोध गरेको छ ।

सम्बन्धित समाचार