Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

काठमाडौंका यी स्थानमा आज ५ घन्टासम्म लोडसेडिङ

काठमाडौंका यी स्थानमा आज ५ घन्टासम्म लोडसेडिङ

काठमाडौंका यी स्थानमा आज ५ घन्टासम्म लोडसेडिङ

२०८१,फागुन १६ गते

काठमाडौंं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द (लोडसेडिङ) गर्ने भएको छ।

प्राधिकरणले सूचना जारी गर्दै महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने जानकारी गराएको हो। बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत लाइन काटिने प्राधिकरणले जनाएको छ।

तीे स्थानमा भूमिगत प्रसारण लाइनको केबल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि विद्युतत लाइन काटिन लागेको सूचनामा उल्लेख छ। तोकिएको काम समयअगावै पूरा भए निर्धारित अवधिअघि नै विद्युत सुचारु गरिने प्राधिकरणले जनाएको छ।

सम्बन्धित समाचार