Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

बलेफी हाइड्रोको शेयर किन्ने भोलि अन्तिम दिन

बलेफी हाइड्रोको शेयर किन्ने भोलि अन्तिम दिन

बलेफी हाइड्रोको शेयर किन्ने भोलि अन्तिम दिन

२०८१,फागुन १८ गते 
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि बिक्रीमा राखेको अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता शेयर खरिद गर्ने भोलि (फागुन १९ गते) अन्तिम दिन रहेको छ।

बिक्रीमा राखिएको कुल शेयरमध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारणकै तर लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता शेयर रहेको छ। लकइन अवधि आउदो चैत २९ गते सकिने कम्पनीले जनाएको छ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर किन्नका लागि आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

सम्बन्धित समाचार