Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नागरिक लगानी कोषका सहभागीहरूलाई शहीद गंगालालमा बिशेष छुट

नागरिक लगानी कोषका सहभागीहरूलाई शहीद गंगालालमा बिशेष छुट

नागरिक लगानी कोषका सहभागीहरूलाई शहीद गंगालालमा बिशेष छुट

२०८१,फागुन १९ गते
काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्र्रको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ ।

सो छुट सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा.रबी मल्लले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउनु हुनेछ । छुटको लागि कोषको परिचय पत्र वा सहभागी परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको कोषले आइतबार जारी गरेको प्रेस नोटमा उल्लेख छ।   

सम्बन्धित समाचार